१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

फाइल तस्विर

विराटनगर । कात्तिकको पहिलो सातापरेको वर्षा र बाढीले मोरङमाकूल रु४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । यहाँका चार नदीको बाढीले अत्यधिक क्षति पुर्याएको हो । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा रु१६ करोड ८६ लाखको नोक्सानी भएको छ । लोहन्द्रा नदीमा तीन हजार २५० मिटर कटान गरी रुआठ करोड २५ लाख,चिस्याङ खोलामा तीन १५ मिटर कटान गरी रु१२ करोड ६ लाख र दसबरहा नदीमा एक हजार ११० मिटर कटान गरी रु चार करोड ४४ लाख बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए ।

Advertisement

यी नदीमा समयमै नियन्त्रण र तटबन्धको काम भएन भने आउने वर्षा एवं मनसुनको समयमा थप जनधनको क्षति भई नदी क्षेत्र र आसपासका बासिन्दाले नोक्सानी व्यहोर्नुपर्नेश्रेष्ठले बताए । कोशीसहित पाँचनदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आएको थियो । काम गर्न पर्याप्त बजेट अभाव भएको आयोजनाका इञ्जीनियर कृष्ण खतिवडाले बताए ।

यसैगरी चालु आवका लागि बक्राहामा ६ स्थानमा रुचार करोड ६६ लाख ६६ हजार, चिस्याङखोलामा एक स्थानमा रुएक करोड एक लाख चार हजार, लोहन्दा नदीमा एक स्थानमा रु५० लाख ९७ हजार र दंसबक्राहा नदीमा रु८३ लाख ३९ हजार बराबरको नदी नियन्त्रण एवं व्यवस्थापनको काम भइरहेको खतिवडाले जानकारी दिए ।

वर्षा र बाढीका कारण सुनसरी र मोरङ औद्योगिक करिडोरअन्तर्गत ४१ उद्योगमा रु दुई अर्ब ४७ करोड ८९ लाख आठ हजार बराबरको क्षति भएको उद्योग सङ्गठन मोरङले जनाएकोछ ।मेसिन औजारतर्फ रु९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुतर्फ रु७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुतर्फ रु७६ करोड चार लाख पाँच हजार र सरसफाइ तथा फोहर व्यवस्थापनतर्फ रुएक करोड ७१ लाख ६५ हजार बराबरको क्षति भएको छ ।

यस्तै वर्षा र बाढीले चतरा मूल नहरको चारस्थानमा र २० शाखाअन्तर्गत १४ स्थानमा नहर भत्किँदा करिब रु१० करोडको क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भीलानन्द यादवले जानकारी दिए ।बाढीपहिराका कारण प्रदेशमा ७२ जनाले ज्यान गुमाएका थिए । बाह्र जना बेपत्ता, ४० घरमा पूर्णरूपमा क्षति, एक हजार ८२५ घरमा आंशिक क्षति, १० हजार हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट तथा झण्डै ५० हजार हेक्टर जग्गामा लगाइएको धानबालीमा आंशिक क्षति पुगेको बताइएको छ ।- रासस

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण