२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाउन लागिएको हो ।देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा उल्लेख गरिएको छ ।

Advertisement

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो ।

विसं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको हो । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । धन्वन्तरी जयन्ती एवं आरोग्य दिवसका अवसरमा बिहान भगवान् धन्वन्तरी पूजाआराधना भइरहेको छ ।आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाइँदैछ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिएको छ । वैद्यखाना विकास समितिमा पूजा आराधना गरी आन्तरिकरूपमा कार्यक्रम गरिँदैछ ।

कोरोना भाइरसबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी प्रमाणित भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरसको उपचारमा आयुर्वेद औषधिको प्रभावकारिताका विषयमा अनुसन्धानसमेत सुरु गरेको जनाएको छ ।कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोको माग तीव्र भएको छ । मागबमोजिम आन्तरिक राजस्व कार्यालय धुलिखेलमा कार्यरत प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवासमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापीरूपमा निःशुल्क वितरण गरिरहेका छन्। हालसम्म उनले करिब तीन लाख २५ हजारभन्दा बढी गुर्जोको बिरुवा वितरण गरेको जानकारी दिएका छन् ।

गुर्जोजस्तै जडीबुटीबाट बनेका अन्य औषधिको माग पनि कोरोनाकालमा बढिरहेको छ । विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म बढेको सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वप्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज?