ताजा अपडेट »

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो, नेपालगञ्ज विमानस्थल ठप्प

मंगलबार, १६ कार्तिक २०७८, ०८ : २३
6 Shares

काठमाडौं । सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो ।हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो । हाल यात्रु र चालक दलका सदस्य सकुशल छन् ।

तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । अहिले विमानस्थल ठप्प छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सञ्चालनको प्रयास भइरहेको स्रोतले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।