२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाण्डौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चुच्चे नक्सापछिको नेपालको बढेको क्षेत्रफल सार्वजनिक नगरेको विषयमा बुझ्ने प्रतिक्रिया दिएकी छन् । 

सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री श्रेष्ठले आफ्नो लागि मन्त्रालय विल्कुल नयाँ भएको र बुझेर धारणा सार्वजनिक गर्ने बताइन् । 
सञ्चारकर्मीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर चुच्चे नक्सा जारी गरेपछि नापी विभागले उक्त भूभागमा क्षेत्रफल नापेर बढेको तथ्यांक सरकारलाई बुझाएको तर सरकारले सार्वजनिक नगरेको भन्दै प्रश्न गरेका थिए । मन्त्रालय अधिकांश सञ्चारकर्मीको जोड यहीँ विषयमा थियो ।‘क्षेत्रफल गोप्य राखियो । कर्मचारीलाई बोल्न दिइएको छैन । पाठ्यपुस्तकबाट पनि हटाइयो । आधिकारिक क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के ?’ भनेर सोधेका थिए ।  

सञ्चारकर्मीले नेपाल भारतबीच नियमित सीमांकनको काम पनि चुच्चे नक्साकै कारण नभइरहेको, सीमा बैठक पनि प्रभावित भइरहेको प्रश्न पनि उठाएका थिए ।  तर मन्त्री श्रेष्ठले सुझाव लिनमात्रै बोलाएको भन्दै एक लाइनमा जवाफ दिइन्, ‘नेपालको क्षेत्रफलमा के रहेछ स्थिति बुझ्छु । बुझेर भन्छु ।’ उनले बोलेर भन्दा कामबाट जवाफ दिने पनि बताइन् । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव