२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौँ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकहरूले नाफामा राम्रै फड्को मारेका छन्। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २३ ले नाफा बढाउन सफल भए । बाँकी ४ ओटा बैंकको नाफा वृद्धिदर भने घटेको छ। यद्यपि गत आवमा १९ बैंकको नाफा वृद्धिदर घटेकोमा चालु आवको पहिलो त्रैमासमा भने झण्डै दुई दर्जन बैंक नाफामा छलाङ मार्न सफल भए ।   

वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७८/७९को पहिलो त्रैमासमा नाफा वृद्धिदर औसत ३६ प्रतिशत बढेको छ। यद्यपि गत आवको सोही अवधिको तुलनामा भने कुल नाफा २४ प्रतिशतले बढेको हो। यसरी नाफा बढ्दा २७ वाणिज्य बैंकले १८ अर्ब ११ करोड ७३ लाख रुपैयाँ कमाएका छन्। गत आवको सोही अवधिमा बैंकको नाफा वृद्धिदर औसत २० दशमलव ५७ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँले घटेको थियो। 

वाणिज्य बैंकमध्ये एनआईशी एसिया, नबिल, ग्लोवल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले १ अर्ब रुपैंयाँभन्दा बढी नाफा कमाउन सफल भएका छन्। यो अवधिसम्म सबैभन्दा बढी नाफा एनआईसी एशिया बैंकले कमाएको छ। उसले असोजसम्ममा १ अर्ब १८ करोड रुपैयाँ हाराहारीमा नाफा गर्न सफल भएको हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु