२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

दाङ । रोल्पाको थवाङ माओवादीको आधार इलाका हो । माओवादीले सशस्त्र युद्ध घोषणा गरेदेखि २०७४ सालको निर्वाचनसम्ममा थवाङ माओवादीकै नियन्त्रणमा थियो । माओवादी एक हुँदासम्म थवाङ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीकै नियन्त्रणमा थियो । पछि माओवादीभित्र फुट भएपछि मोहन वैद्य हुँदै अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पकडमा छ ।

Advertisement

२०७० सालको संसदीय निर्वाचनमा थवाङमा स्थापना गरिएको मतदान केन्द्र शून्य मतको भएको थियो । त्यति बेला एक मत पनि खसेको थिएन ।

माओवादीबाट अलग भएर बनेको विप्लव नेतृत्वको नेकपाले गरेको निर्वाचन बहिस्कारको नीतिका कारण थवाङ्गीहरू कुनै पनि चुनावी प्रक्रियामा सहभागी भएनन् । मतदान गराउन गएको टोली रित्ता बाकस बोकेर सदरमुकाम फर्किएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा विप्लव धारका नेताहरू स्वतन्त्र रूपमा उम्मेदवार भएर पालिका र वडाहरूमा निर्वाचित भए । त्यसपछि अन्य राजनीतिक दलहरूले पनि थवाङमा सक्रियता देखाए ।

थवाङमा अहिले चारवटा राजनीतिक दलको उपस्थिति देखिएको छ । माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, नेपाली कांग्रेस र नेकपा एमालेको उपस्थिति थवाङमा भएको छ ।

अहिलेसम्म नेकपा एमालेले आफ्नो संगठन विस्तार गर्न नसकेको थवाङमा पहिलो पटक आफ्नो सागठनिक संरचना निर्माण गरेको छ । एमालेको दशौँ महाधिवेशनअन्तर्गतको वडा र पालिका अधिवेशनमा थवाङमा एमालेले पालिका समिति गठन गरेको छ । एमाले रोल्पा अध्यक्ष बलराम बुढाले केही कार्यकर्ताहरू सम्पर्कमा भए पनि यसअघि संगठन बनाउन नसकेको र अहिले संगठन बनेको बताए । उनले  एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीका गतिविधिले थवाङमा एमाले छिर्न सकेको उल्लेख गरे ।

‘पार्टी एकीकरणको कुराले पनि महत्त्वपूर्ण बनायो’, उनले भने, ‘त्यसमा एकीकरणपछि पुन: पार्टी पुरानै अवस्थामा फर्कंदा पनि जिल्लाका केही प्रभावशाली माओवादी नेताहरू एमालेमै बसेका कारण पनि थवाङमा गाउँ कमिटी बनाउन सकिएको हो ।’ अदालतले फैसला गरेर दुई पार्टी अलग भएपछि थवाङमा जान सहज भएको उनले बताए । उनले थवाङ प्रवेशले ठूलो उत्साह थपिएको उल्लेख गरे । थवाङको हकमा बुढाले एमालेको पहिलो कमिटी भएको दाबी गरेका छन् ।  

अहिले देवबहादुर घर्तीको अध्यक्षतामा थवाङमा गरिएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको बताए । सर्वसम्मत रूपमा चयन गरिएको गाउँ कमिटीको उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा मनोज बुढा, उपसचिवमा निर्मल परियार र मूलधन पुन समेटिएका छन् ।

सदस्यहरूमा धन पुन, दात रोका, तारा रोका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्ती मगर, मिलन बिक, किस्मत घर्ती मगर, सुरेन्द्र घर्ती मगर, गोरे रोका, मूलबहादुर रोका, दीपक बुढा, पुरुषोत्तम बुढा, सन्देश बुढा, भूपेन्द्र बुढा, पार्वती रोकाय बुढा मगर, आशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारी घर्ती, पूर्ण घर्ती, प्रशान्त घर्ती, लोकबहादुर घर्ती, बालकुमार रोका, बिस्नु रोका, योजना रोका, दिलकुमारी रोका, सुन्तुकी घर्ती, क्षेत्र घर्ती, खेत्ता घर्ती, नकस घर्ती रहेको ३५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । थवाङमा यसअघि नेपाली कांग्रेसले पनि वडा र पालिका नेतृत्व चुनेको थियो । -न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने