२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ । छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो । 

Advertisement

पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै  खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी दिए । 

हर्ट नेपालसँगको सहकार्यमा गत वर्षबाटै यो अभियान थालिएको र प्रभावकारी देखिएकाले यो वर्ष पनि छाडा कुकुर बन्ध्याकरण गरिएको उनले बताए । उनले भने, ‘बन्ध्याकरण र खोप लगाएपछि कुकुर सुधो बन्ने, हत्तपत्त नटोक्ने, बच्चा नजन्माउने र जथाभाबी नहिँड्ने भएकाले बन्ध्याकरण तथा खोप लगाउन थालिएको हो ।’ 

दुई सय छाडा कुकुरलाई हालसम्म बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा कुकुरले गतवर्ष मात्रै सदरमुकाम आसपासका किसानका दुई दर्जनबढी खसी बाख्रा मारेको थियो । सडकमा हुलै बाँधेर हिँड्ने र मोटरसाइकल तथा पैदल यात्रीलाई लखेटेर टोक्ने भएकाले बिहान बेलुका हिँडडुलमा जोखिम थियो । 

कुकुरको आतंक कम गर्न बन्ध्याकरणले योगदान पुगेको स्थानीय श्याम श्रेष्ठले बताए । दिनरात हुल बनेर हिँड्ने कुकुर निकै कम भएको उनले सुनाए । मार्न नमिल्ने भएकाले साझेदार संस्था हर्टसँग मिलेर वैकल्पिक उपाय खोजिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले गत वर्ष र यो वर्षको बन्ध्याकरणले कुकुर नियन्त्रणमा ठूलो योगदान पुग्ने बताए । सदरमुकाम क्षेत्र मात्रै नभई गाउँ टोलसम्मै छाडा कुकुरको आतंकले स्थानीय हैरान छन् । अन्य स्थानीय तहले पनि यस्ता अभियान चलाउनु पर्ने माग छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार !