ताजा अपडेट »

कांग्रेस बुटवल-५ द्वारा पार्टीमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान

सोमबार, १५ कार्तिक २०७८, १८ : ५२
8 Shares

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका- ५ ले पार्टीमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा समितिले सोमबार बुटवलमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको हो । वडा समितिले वडामा रहेर पार्टीमा अतुलनीय योगदान पुर्याएको भन्दै लक्ष्मीकान्त भट्टराई, करिम वक्स मिया, सुर्यप्रसाद थापा, मृगेन्द्रकुमार शेरचन, महेशकुमार राजभण्डारी, यज्ञप्रसाद कसजू, उत्तमप्रसाद श्रेष्ठ, गफूरदिन मिया र लक्ष्मीदेवी श्रेष्ठलाई सम्मान गरेको हो ।

त्यस्तैगरी स्व. लक्ष्मणप्रसाद ध्वजु, स्व.अग्नीकुमार श्रेष्ठ, स्व.दामोदर सापकोटा, स्व. कुलप्रसाद श्रेष्ठ, स्व. नानीबाबु खड्की, स्व. हेमराज खनाल र स्व. शीवलक्ष्मी श्रेष्ठलाई मरणोपर्यन्त सम्मान गरिएको नेपाली कांग्रेस वडा सभापति दीपकप्रसाद श्रेष्ठले बताए । उनीहरुलाई नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण लगायतका नेताहरुले कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

त्यस अवसरमा बोल्दै कांग्रेस रुपन्देहीका उपसभापति शर्माले पार्टीमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने परम्पराले पार्टीमा थप आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला दिनमा पार्टीमा युवा आकर्षण बढेको बताउँदै युवा नेतृत्व बिकासले पार्टीलाई अझै गतिशिल बनाउने पनि बताए ।

वडा सभापति दीपकप्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिव खाँण, महासमिति सदस्यहरु युवराज गिरी, काजिमान श्रेष्ठ, रामबहादुर कार्की, दीर्घबहादुर केसी, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, जिल्ला सदस्य रामेश्वर श्रेष्ठ, नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाही, पूर्व केन्द्रीय सचिव चिरञ्जिवी जोशी, महाधिवेशन प्रतिनिधी हरिप्रसाद श्रेष्ठ लगायतले शुभकामना सहित सम्मानित भएकालाई बधाई ज्ञापन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।