२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । ए डिभिजन लिग क्लब च्यासल युथले मुख्य प्रशिक्षक बालगोपाल शाहुखलसँग सम्झौता नवीकरण गरेको छ । सोमबार च्यासल र ए लाइसेन्स प्राप्त प्रशिक्षक बालगोपालले यस सिजनका लागि सहकार्य गर्ने निर्णय गरेका हुन् । 

Advertisement

च्यासल युथले यस सिजन प्रशिक्षक बालगोपाल शाहुखलसँग सम्झौता नवीकरण भएको बताएको छ ।  ‘हामी खुसी छौँ, बालगोपाल महर्जन हामीसँग धेरै वर्षका लागि सम्झौता नवीकरण गरेका छन्’, क्लबले भनेको छ । 

गत वर्ष च्यासलले बालगोपालकै प्रशिक्षणमा ए डिभिजन लिग खेलेको थियो । सो समय उनी बी लाइसेन्स प्राप्त प्रशिक्षक थिए । अब, भने उनी ए लाइसेन्स प्राप्त प्रशिक्षक भएका छन् । यसै सिजन भएको ए लाइसेन्स कोर्षमा शाहुखलसहित चार जना प्रशिक्षक उत्तीर्ण भएका थिए । 

गत सिजन च्यासलले प्रशिक्षक बालगोपालको प्रशिक्षणमा १५ अंकसहित नवौँ स्थान प्राप्त गरेको थियो । १३ खेल खेलको च्यासलले चार खेलमा जीत निकाल्दा तीन खेलमा बराबरीमा रोकिएको थियो भने छ खेलमा हार बेहोरेको थियो । 

यस सिजनमा करिब दुई करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको च्यासलले उपाधि जित्ने योजनासहित केही समयअघि इटालियन सिरी ए क्लब एटलान्टाको यू- १६ र इटाली यू- १६ राष्ट्रिय टोलीबाट खेलिसकेका नेपाली भूमिका विकास मेराग्लियासहित राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनलाई टोलीमा अनुबन्धन गरेको थियो । 

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…