ताजा अपडेट »

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने

सोमबार, १५ कार्तिक २०७८, १८ : ११
2 Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन् । उनले अहिले साँझ नै प्रदेशबासीका नाममा विशेष सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका हुन् ।

त्यही सम्बोधनका क्रममा राजीनामा दिने तयारी भएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ । यसअघि आज ५ बजे मन्त्रिपरिषद् बैठक बसेको थियो । मन्त्री परिषद्ले गरेका निर्णय भने सार्वजनिक गरिएको छैन ।

गत ३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका बताइएको छ । अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।