ताजा अपडेट »

बुटवलमा सिर्जनशील चित्रकला प्रदर्शनी, १६ सय बढीले गरे अवलोकन

सोमबार, १५ कार्तिक २०७८, १७ : ११
4 Shares

बुटवल । बुटवलमा २ दिने सिर्जनशील चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयको सहभागितामा भएको चित्रकला प्रदर्शनीको आज सकिएको हो ।

चित्रकला प्रदर्शनीमा २० जना चित्रकारले ४० तस्वीर प्रदर्शनका लागि राखेका थिए । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको चित्रकला प्रदर्शनीमा १ हजार ६०० जनाले अवलोकन गरेका थिए । बुटवल उपमहानगर भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठानअन्तर्गत गठित कला तथा अनुसन्धान विभागको संयोजन र नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीसँगको सहकार्यमा चित्रकला प्रदर्शनी भएको हो । प्रदर्शनीमा चित्रकलासम्बन्धी विषयवस्तुहरु प्रस्तुत गरिएको थियो । प्रर्दशनमा राखिएका चित्रकलाको सुक्ष्म अध्ययन गरेर सो चित्रकलाका विषयमा जिज्ञासा राख्दै विद्यार्थीहरुले ज्ञान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कला संस्कृतिको सम्मान र संरक्षणका लागि बुटवलले नमूना कार्यको थालनी गरेको बताएका छन् । प्रदर्शनीको अवसरमा बोल्दै उनले बुद्धावलीको बुटवलको पहिचान झल्किने रामापिथेकस, जीतगढी मणिमुकुन्द सेन उद्यान झल्किने चित्र कोरेर प्रचार प्रसार गर्न आग्रह गर्दै चित्रकलाले समाजमा रुपान्तरणको भूमिका निर्वाह गर्ने बताए ।

उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले परिषद्को सक्रियताको प्रशंसा गर्दै संस्कार र संस्कृतिको जगेर्ना सबैको साझा भएको बताइन् । प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीले संस्कार र संस्कृतिको अभावले समाजमा विग्रह ल्याउने चिन्ता व्यक्त गरे । प्रतिष्ठानका सचिब दलबहादुर गुरुङ, कार्यक्रम संयोजक झविन्द्र थापा, बेनप्रसाद थापा लगायलते कला र संस्कृतिका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।