ताजा अपडेट »

दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड, भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल

सोमबार, १५ कार्तिक २०७८, १६ : ५१
4 Shares

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् ।

परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उनले आरोप लगाए । 

एमालेले विधान अधिवेशनबाट नै माधव नेपालको भन्डाफोर गरिसकेकाले अबको १०औं महाधिवेशनले प्रचन्डको भन्डाफोर गर्ने उनले बताए । दक्षिणपन्थीको भन्डाफोर गर्ने अभियान नारायणी नदी किनारबाट सुरु हुने बादलको भनाइ छ । एमालेको १०औँ महाधिवेशन चितवनमा ९–१२ मंसिरमा गर्ने तयारी छ ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।