२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

अछाम । १४ दिनदेखि अज्ञात रहेका अछामका एक पुरुषको शव भेटिएको छ । कमलबजार नगरपालिका- ५ कुईका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव सोमबार भेटिएको हो । १४ दिनसम्म नेपाल प्रहरीको सबै संयन्त्र लगाएर खोजी कार्य गरिए पनि तिमिल्सैनाको अवस्था अज्ञात थियो ।

Advertisement

गएको २ कात्तिकमा गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको शव १४ दिनपछि गैरिटाँड बजार नजिकैको बाँसको झाडीमा भेटिएको हो । अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्यालसहितको टोली गैरिटाँड पुगेको छ । तिमिल्सैनाका आफन्तसँग प्रहरीको छलफल भइरहेको छ ।

तिमिल्सैनाका आफन्तले गैरिटाँड बजार बन्द गरेका छन् । आफन्त र स्थानीय मिलेर सडकमा चक्का जाम गरिएको छ । रहस्यमय तरिकाले घटना भएको भन्दै उनीहरू आक्रोशित भएका छन्। शव फेला परेको स्थानमा प्रहरीले कसैलाई जान दिएको छैन ।

काठमाडौंबाट समेत अनुसन्धानको टिम अछाम आएर खोजीकार्य भए पनि १३ दिनसम्म तिमिल्सैनाको अवस्था पत्ता लागेको थिएन । तिमिल्सैना बसेकै ठाउँ नजिकै उनको शव फेला पर्नुले घटना रहस्यमय भएको परिवारको आरोप छ । ३१ असोजमा मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका तिमिल्सैना बेपत्ता भएको बताइएको थियो । उनी कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत हुन् । -कल्पना बोहरा/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ