ताजा अपडेट »

थप ५३३ जनामा कोरोनाको संक्रमण, ९ जनाको मृत्यु

सोमबार, १५ कार्तिक २०७८, १६ : ४२
4 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ४६८ र एन्टिजेन विधिबाट ४ हजार १९६ जनामा परिक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १३ हजार ११ र एन्टिजेनबाट ९४ हजार ६२७ जना पुगेको छ ।  यस्तै, आज थप ४९० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९२ हजार २७७ जना पुगेको छ । निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४१६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।