ताजा अपडेट »

सुनवलको भुमहीमा अन्नपूर्णको ५ औं सुपरस्टोर, दिपावलीमा विषेश छुट योजना

सोमबार, १५ कार्तिक २०७८, १६ : ०५
2 Shares

बुटवल । पश्चिम नवलपरासीको सुनवलमा अन्नपूर्ण सुपरस्टोरको पाँचौं शाखा सञ्चालनमा आएको छ । अन्नपूर्ण इन्भेस्टमेन्ट प्रालिले शाखा बिस्तार गर्दै सुनवल नगरपालिका १२ भुमहीमा सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।

स्थानीय स्तरमा उत्पादित कृषि उत्पादनहरुलाई समेत खरिद गरी बजारीकरण गर्ने उद्देश्यसहित विभिन्न ग्रोसरीका सामग्रीहरुका साथै कस्मेटिक आइटम, फेन्सी आइटम, बालबालिकाहरुका लागि खेलौना लगायतका बस्तुहरु स्टोरमा उपलब्ध हुने प्रा.लिका अध्यक्ष चोलाप्रसाद पाठकले जानकारी दिए । ७५ लाख लागत रहेको उक्त स्टोरमा प्रत्यक्ष रुपमा ४ जनाले रोजगारी प्राप्त गर्ने छन् भने उत्पादनमा लागेका कृषकहरुले समेत अप्रत्यक्ष रुपमा रोजगार प्राप्त गर्ने उनले बताए ।

कम्पनीले व्यापार मात्रै नभई उपभोक्ताको चाहनालाई समेत मध्येनजर गरी स्तरीय र गुणस्तरीय सुविधा उपलब्ध गराउन प्रतिवद्ध रहेको उनले बताए । आधुनिक जीवनशैलीसँगै दैनिक उपभोव्यबस्तुदेखि अन्य बस्तुहरु समेत एकै ठाउँमा उपलब्ध हुने भएपछि भुमहिका उपभोक्ताहरुलाई सहज हुने उनले विश्वास व्यक्त गरे ।

स्टोरको उद्घाटन गर्दै नेपाली काँग्रेस नेता तथा पुर्वमन्त्री देवेन्द्रराज कंडेलले गुणस्तरीयतालाई विषेश ध्यान दिन आग्रह गरे । विशेषगरी नेपाल भारत सीमा क्षेत्रमा रहेका उपभोक्ताहरु भारीयत बजारबाट ठगिने गरेको बताउँदै उनले यसको अन्त्यका लागि पनि ठूला र आधुनिक खालका स्टोरहरु सञ्चालनमा आउनु खुशीको कुरा भएको उल्लेख गरे । उपभोक्ताले नेपाली बजारमै किनमेल गर्दा गुणस्तरीयताका बारेमा समेत प्रश्न उठाउन पाउनेहुँदा ठगिने सम्भावना कम रहने र मुलुकको पैसा मुलुक भित्रै खर्चहुँदा आर्थिक समृद्धिमा टेवा पुग्ने उल्लेख गरे ।

अन्नपूर्ण इन्भेस्टमेन्ट प्रा.लिले आगमी ५ वर्षभित्र आफ्ना स्टोरहरु ५० वटा पुर्याउने लक्ष्यसहित यही वर्ष भित्र थप ३ वटा नयाँ स्टोर सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । यसैगरी २०८० सम्म स्टोर संख्या २० वटा पुर्याउने लक्ष्य रहेको छ । यसै वर्षभित्र नवलपरासीको बर्दघाट र काठमाण्डौंमा समेत शाखा सञ्चालनमा ल्याउने तयारी भइरहेको र अर्को एक स्टोरका बारेमा ठाउँ एकिन भइनसकेको ओपनीङ म्यानेजर विनोद खड्काले बताए । विशेष गरी लुम्बिनी प्रदेशलाई नै मुख्य क्षेत्रको रुपमा मानि स्टोरहरु प्रदेशका विभिन्न ठाउँमा खोल्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।

बुटवल मिलनचोकमा समेत स्टोर रहेको प्रा.लिले यसअघि रुपन्देहीको गरगरे, मणिग्राम र रौतहटको चन्द्रनिगाहपुर स्टोर सञ्चालनमा ल्याइसकेको छ । विभिन्न ठाउँमा गरी हालसम्म ५ करोड बढी लगानी भएको प्रा.लिले जनाएको छ ।

क्रेजी अफर
प्रा.लिले आफ्ना विभिन्न शाखाहरुमा रहेका स्टोरहरुमा फरक–फरक खालका थप छुट अफरहरु ल्याएको छ । भुमहीमा सञ्चालनमा आएको स्टोरमा रहेका सामग्रीहरुमा तय गरिका छुटपछि पनि सीमित अवधिका लागि थप १० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसैगरी दिपालीको अवसरमा अन्य स्टोरहरुमा १ हजार ५ सयबढीको किनमेल गर्ने ग्राहकलाई एक किलो चिनी उपचार दिइने प्रा.लिले जनाएको छ । स्टोरमा विभिन्न बस्तुहरुको बजारमूल्यभन्दा कम रकममा खरिद गर्न पाउने ग्राहकहरुले थप सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।