२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकले खुद नाफा पाँच प्रतिशतले बढाएर २८ करोड ३४ लाख रुपैयाँ पुर्‍याएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २४ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी तीन दशमलव १८ प्रतिशत र सञ्चालन मुनाफा पाँच प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज भने ३४ करोड ४८ लाख रुपैयाँबाट घटेर तीन करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ । 

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ छ । यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा दुई करोड ९२ लाख रुपैयाँ मात्रै छ । यस अवधिमा बैंकको जगेडा कोष तीन दशमलव ४७ प्रतिशतले बढेको छ । 

बैंकको निक्षेप एक दशमलव २३ प्रतिशतले घट्दा कर्जा भने छ दशमलव ६७ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा रहेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात ३२ दशमलव २९ गुणा छ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश