ताजा अपडेट »

काबुलमा सुरक्षाकर्मीद्वारा चोरी गर्ने गिरोह सार्वजनिक

सोमबार, १५ कार्तिक २०७८, १५ : १६
4 Shares

काबुल । अफगानिस्तानको तालिबान सरकारका गुप्तचर कर्मचारीहरूले देशको राजधानी काबुलमा दुई सशस्त्र चोरी समूहलाई सार्वजनिक गरेको गुप्तचर महानिर्देशनालयले सोमबार जनाएको छ। गुप्तचर महानिर्देशनालयका कर्मचारीहरूले काबुलको प्रहरी जिल्ला ९, पक्तिया कोट क्षेत्रमा दुईवटा चोरी समूहलाई पक्राउ गरेका थिए। ती समूहहरू सशस्त्र डकैती र सवारी साधनहरू लुट्न संलग्न रहेको जनाइएको छ।

विज्ञप्तिमा जनाइएअनुसार सुरक्षाकर्मीहरूले चार संदिग्ध व्यक्तिहरूबाट पाँचवटा ह्यान्डगन र दुईवटा गाडीहरू पनि बरामद गरेका छन्। सुरक्षा बलले ती समूहलाई गिरफ्तार गर्दा कुनै हतियार भने चलाएको थिएन । यो अपरेशन शहरमा उच्च स्तरको सुरक्षा सुनिश्चितताका निम्ति अपनाइएको महत्त्वपूर्ण कदम हो । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।