ताजा अपडेट »

रुपन्देहीमा काटेर राखेको धानको थुप्रोमा आगलागी, २ लाखको क्षति

सोमबार, १५ कार्तिक २०७८, १३ : ३९
2 Shares

बुटवल । केही दिन अघिको बेमोसमी वर्षाका कारण रुपन्देही लगायत देशभरका पाकेको धानबालीमा ठूलो क्षति भएको थियो । तर, बेमौसमी वर्षाबाट जोगिएको एक किसानको धानको थुप्रोमा भने लागलागी भएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका–१ मटेरीया का ४१ वर्षीय आकाश कुमार थारुको १ बिघा खेतको धान काटी जम्मा गरी राखेको थुप्रोमा आगलागी भएको हो । धानमा आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धान पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।