ताजा अपडेट »

आईसीसी टी-२० : भारतको लगातार दोस्रो हार, न्युजिल्यान्डकाे सेमिफाइनल यात्रा बलियो

सोमबार, १५ कार्तिक २०७८, ०७ : २०
6 Shares

काठमाण्डौं । उपाधी दाबेदार भारत आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ । आइतबार सुपर-१२ को समूह-२ को खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो । योसँगै भारतको सेमिफाइनलमा यात्रा कमजोर भएको छ । न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा बलियो बनाएकाे छ ।

जितका लागि १११ रनको  लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा  पूरा गर्‍याे । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले  सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सन  ३३ रनमा अविजित रहे ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन मात्र बनायो । रविन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए ।  हार्दिक पान्ड्याले २३ रन बनाए । अन्य कुनै पनि खेलाडी क्रिजमा चल्न सकेनन् । न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले  ३ विकेट लिए । स्पिनर ईश सोधीले २ विकेट लिए । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

सुपर-१२ को समूह-२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ ६ अंकसहित शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्यान्ड  तेस्रो स्थानमा छ । नामिबिया  चौथो स्थानमा रहदा भारत र स्कटल्यान्ड क्रमश: पाँचौ र छैटौं स्थानमा छन् । समूह-१ मा इंग्ल्यान्ड ३ खेलमा ३  जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।