२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

काठमाडौं । टेलिफिल्म तीतो-सत्य हुँदै फिल्म निर्माण तथा अभिनयमा सफल मानिएका कलाकार हुन्, दीपकराज गिरी । ६ एकान ६, वडा नम्बर ६ सँगै छक्का पन्जा सिरिजमा दीपकले दर्शकको माया पाइरहेका छन् । नेपालको विग निर्मातामा दीपक पर्छन् । 

Advertisement

निर्देशक निश्चल बस्नेतले डेब्यु फिल्म ‘लूट’ मै आफूलाई स्थापित गराउन सफल भए । उनको फिल्मले नेपाली फिल्म बन्ने शैलीलाई नै परिवर्तन गरिदियो । निश्चलले नेपाली फिल्मको शैलीमा नयाँपन दिएको दीपक पनि स्वीकार गर्छन् । 

गत शुक्रबार कीर्तिपुरस्थित सञ्चालनमा आएको हल कीर्तिपुर सिनेप्लेक्सको उद्घाटनमा पुगेका दीपकले निश्चलको फिल्मपछि कथा र पात्रलाई ध्यान दिने क्रम बढेको बताए । ‘कथा र पात्र नै फिल्मको हिरो हो । हिरोले पात्रलाई बलियो बनाउने होइन भन्ने सोचाई विकसित भयो,’ दीपकले भने । 

निश्चलकी पत्नी तथा अभिनेत्री स्वस्तिमा खड्काले छक्का पन्जामा काम गरेपछि दीपक र निश्चल नजिकिएका हुन् । बेलाबखतमा निश्चल र स्वस्तिमासँग दीपक र दीपाश्री निरौलाले जमघट गर्ने गरेका छन् । के यो सहकार्यको संकेत हो ? दीपकले कुराकानी भइरहेको स्वीकारे । ‘केही समयमै हाम्रो सहकार्य हुने फिल्म घोषणा हुन्छ भन्नु हतार हुन्छ । तर, कुराकानी भइरहेका छन्,’ दीपकले भने । 

उनले अब सहकार्यले नै नेपाली फिल्मलाई चलायमान बनाउनेमा जोड दिँदै आफू अन्य फिल्मकर्मीहरूसँग पनि सहकार्यका लागि तयार रहेको बताए । उनले निश्चलको निर्देशनमा आफूले अभिनय गर्ने इच्छा जाहेर गरे । ‘म उहाँको निर्देशनमा कलाकार भएर काम गर्न तयार छु,’ दीपकले भने । निश्चलले पनि आफूलाई फिल्ममा काम गर्दा निर्देशनमा मज्जा आउने बताए । 

‘फिल्ममा मेरो प्राथमिकता निर्देशन नै हो । त्यसपछि मात्र अन्य रूपमा म अगाडी आएको हुँ,’ निश्चलले भने । उनी दीपकलाई निर्देशन गर्ने कथा पाएमा अवश्य फिल्म अफर गर्ने बताए । यद्यपि उनले यो समय दर्शकलाई हल सुरक्षितको सन्देश दिनु पर्ने र निर्माताको लगानी पनि सुरक्षित हुने फिल्म ल्याउनु पर्ने रहेको बताए । 

‘हामीलाई कथा मन परेर फिल्म बनाउँछौ र त्यसलाई दर्शकले हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ,’ निश्चल भन्छन्, ‘अन्ततः फिल्ममा जोडिने भनेकै बिजनेस हो, त्यसैले निर्माता पनि सुरक्षित हुने र दर्शक पनि हलसम्म आउने फिल्मका लागि तयारी गर्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

कार्यकर्तालाई निर्वाचनमा होमिन नेकपा एकिकृतको आग्रह प्यूठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा निःशुल्क शिविर, करिब ४ सय जनाले लिए सेवा राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन