ताजा अपडेट »

कोरोना प्रभावितलाई पुनः कर्जाका लागि आवेदन दिन आग्रह

आइतबार, १४ कार्तिक २०७८, २१ : २६
2 Shares

काठमाडौं । कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई राहत दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले आवेदन गर्न आह्वान गरेको छ ।कोरोनाका कारण प्रभावित, अतिप्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत दिने प्रयोजनका साथ केन्द्रीय बैंकले आवेदनका लागि आग्रह गरेको हो ।

राष्ट्र बैंकले आज इजाजत लिएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन भनेको हो । नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधनअनुरुप एकमुष्टरुपमा लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, साधारण पुनःकर्जा तथा विशेष पुनःकर्जाका लागि आवेदन अनुरोध गरेको छ ।

आगामी पुस १९ गतेसम्म सो कर्जाका लागि आवेदन दिने समयसीमा रहेको छ । कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रलाई त्यस्तो कर्जा दिनुपर्नेछ । पर्यटन क्षेत्र, होटल, मनोरञ्जन क्षेत्र, तयारी पोशाक, रोजगारी गुमेका अन्य क्षेत्र, यात्रुबाहक सवारी साधनलगायत विभिन्न १५ क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

यस्तै मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान उत्पादन गर्ने उद्योग, अस्पताल, भण्डारण गर्न सकिने वस्तु तयार पार्ने उद्योग, निर्माणमा रहेका जलविद्युत् आयोजना मध्यम प्रभावित क्षेत्रमा रहेका छन् ।

आवेदन पेश गर्ने बैंक तथा वित्तीय संस्थाले प्रत्येक शाखाबाट न्यूनतम पाँच गाहक ऋणी समेटिएको हुनुपर्छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत मात्र आवेदन गर्दा लघुउद्यम, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई समेट्नुपर्नेछ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।