२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

जनकपुरधाम । दशैँ तिहारमा पनि जनकपुरधाम उपमहानगरपालिकाले फोहरको उचित व्यवस्थापन नगरेको भन्दै केही वडाध्यक्ष आन्दोलित बनेका छन् ।फोहोरले  जनकपुर बजार दुर्गन्धित बनेको भन्दै वडाध्यक्षहरू जानकीराम साह, दीपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंहलगायत विरोधमा उत्रिएका हुन् । दीपावली छठका बेला पनि फोहोर नउठाएपछि आफूलाई आन्दोलन गर्नु परेका वडाध्यक्ष दीपेन्द्र साहले बताए । 

आन्दोलित वडाध्यक्षहरूले आइतबार ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका थिए । प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरू केही समय धर्नासमेत बसेका थिए । 

जनकपुरधामका मेयर लालकिशोर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएको र सरसफाईको नाममा करोडौं रुपैयाँ खर्च गरे पनि फोहरको व्यवस्थापन वडाध्यक्षहरूको आरोप छ । उनीहरूले फोहरको चाडै व्यवस्थापन नभए आफूहरूले मेयरलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसको अध्यक्षमा घिमिरे कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ? बुटवलमा नेपाल रक्तदाता संघको केन्द्रिय कार्यालय उद्घाटन ‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी लमजुङमा एक वर्षमा २० वर्ष नपुग्दै एक सय ५५ जना आमा दागबत्ती दिन पाँच लाख माग गठबन्धन कर र डर दुवै हो: रामचन्द्र पौडेल भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु पौडी खेल्ने क्रममा डुबेर २६ वर्षीय निराजन पोख्रेलको मृत्यु शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग