ताजा अपडेट »

राष्ट्रपति भण्डारीबाट भैरहवा विमानस्थलमा ढाई अर्बको बुद्धमूर्ति अनावरण

आइतबार, १४ कार्तिक २०७८, १५ : २४
6 Shares

बुटवल । राष्ट्रपति भण्डारीबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्बभन्दा बढीको बुद्ध मूर्ति अनावरण भएको छ। बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्तिको आइतबार राष्ट्रपति भण्डारीले अनावरण गरेकी हुन्।

मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडोसहितका विशेष प्रतिनिधिको उपस्थिती रहेको थियो। त्यस्तै कार्यबाहक प्रधानमन्त्री बालकष्ण खाँण, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, पर्यटन मन्त्री प्रेम आलेलगायतको पनि उपस्थिती रहेको थियो।

उक्त मूर्ति साता दिनअघि म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट रुपन्देही ल्याइएको थियो। लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा ल्याइएको मूर्ति एक हजार ८ सय किलोग्राम छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।