११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छिन । १५ प्रतियोगीलाई पछि पर्दै उनी ताज पहिरिन सफल भएकी हुन् ।

Advertisement

उपाधिसहित दुई सवटाइटलसमेत जितेकी बस्नेतले ताजसँगै १० लाख नगद पनि जितेकी छन् । गत वर्षकी ‘मिस युनिभर्स नेपाल’ अंशिका शर्माले उनलाई ताज पहिर्‍याएकी थिइन् । 

उत्कृष्ट १६ बाट १० र ५ हुँदै सुजिताले उपाधि आफ्नो बनाउन सफल भएकी थिइन् । उमंग क्रियसन आयोजक र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनरअप, डा. केशु खड्का फोर्थ रनरअप घोषित भएका छन् ।

विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावलीलगायत थिए ।

गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् । सन् २०१७ मा उनी पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ सहभागी भएकी थिइन् । सोही प्रतियोगितामा नेपालको प्रतिनिधि पठाउने उद्देश्यले उनले गत वर्षबाट ‘मिस युनिभर्स’ नेपाल आयोजना थालेकी हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा