ताजा अपडेट »

आत्मनिर्भरका लागि उद्यमशिलता मुख्य खुराक

बुधबार, १० कार्तिक २०७८, १८ : ३४
6 Shares

बुटवल । आत्मनिर्भरताका लागि उद्यमशिलता मुख्य खुराक भएकोले एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । हातेमालो बहुउद्देश्सीय सहकारी संस्था लिमिटेड भलवारी, रुपन्देहीले आयोजना गरेको महिला उद्यमशिलता र सीप उन्नयनका लागि तीन दिने निशुल्क अचार बनाउने तालिमका सहभागीहरुले यस्तो कुरा बताएका हुन् ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले महिलाहरुलाई आत्मा निर्भर बनाउनका लागि यस्ता खालका उद्यमशिलता र सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताईन् । उनले भनिन्, ‘तपाईहरुले तालिममा सिकेका सीपहरुलाई व्यवहारमा उतारेर उद्यमी बन्नुस तपाईले उत्पादन गरेका वस्तुहरुको बजारीकरण गर्नका लागि नगरपालिकाले सहयोग गर्नेछ र मैले व्यक्तिगत रुपमा पनि सहयोग गर्ने छु ।’
कार्यक्रममा संस्थाका शिक्षा उपसमिती संयोजक तथा तालिम संयोजक दिपक ढकालले तालिमले महिला उद्यमशिलताको विकास गर्दे आत्मा निर्भर बनाई सहकारीप्रति सेयर सदस्यहरुको बढोत्तरी गर्ने उद्देश्यले कार्यक्र्रकको आयोजना गरिएको बताए । उनले तालिममा सिकेका सिकाईहरुलाई सक्रिय रुपमा व्यवहारमा उतारेर व्यवसाय गर्ने महिला उद्यमीहरुलाई व्यवस्थापन,वजारीकरण र सेयर सदस्य भएर लगानी समेत गर्ने बताए । ढकालले भने, ‘उद्यमशील बन्न धेरै धन चाहिन्छ भन्ने होइन, आफुले सानो लगानीबाट सुरु गरेर पनि त्यसलाई अगाडी बढाउन सकिने भएकोले यस विषयमा संवेदनशिल भएर अगाडी बढ्न महिलाहरुलाई प्रोत्साहन गनुपर्छ ।’

कार्यक्रममा सहकारी संचालन समितीका सदस्य राजेन्द्र कुमार श्रेष्ठले विगतमा भएका तालिमहरुमध्ये अचार बनाउने तालिम फरक खालको बताउदै तीन दिनको सिकाईलाई व्यवहारमा लागु गर्न सबै सहभागीहरुलाई आग्रह गरे । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका महासचिव तथा सहकारीका सल्लाहकार देवानन्द पाण्डेले सिकेको सीपलाई व्यवहारमा उतार्न र व्यवसायी रुपमा अगाडी बढनेहरुका लागि दर्ता गर्नको लागि आफुले पहल गर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गोविनद शर्मा बस्यालले संस्थाले महिला सशक्तिकरणको माध्यमबाट उद्यमशिल र आत्म निर्भर बनाउने कामको थालनी गरेको र यसलाई व्यवसायीकरण गर्ने, ५ जनाको समूहमा आउने महिला सेयर सदस्यहरुलाई ५ लाख सम्म सुलभ व्याजदरमा विना धितो ऋण उपलब्ध गराई उद्यमशिलताका लागि प्रोत्साहित गर्ने, उत्पादनलाई बजारीकरण गर्ने जिम्मा संस्थाले जिम्मा लिने र आवश्यक परेको वेला प्राविधिक ज्ञान दिने बताए ।

कार्यक्रममा प्रशिक्षक कमला केसीले सिकेको सीपलाई व्यवहारमा उर्तार्दे व्यवसायिक रुपमा अगाडी बढनको लागि आग्रह गर्दे आफ्नो तर्फबाट उखेग खोल्नका लागि गर्नुपर्ने सबै सहयोग गर्ने बताए । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट सुष्मा पाण्डे, चन्दा काफ्ले शिला डुमे्र लगायतले आफुले सिकेको सीपलाई व्यवहारमा उतार्ने बताए । कार्यक्रममा सहभागीमध्येबाट उत्कृष्ट पाँच जना हेमा श्रीस, सुष्मा पाण्डे, शारदा उपाध्याय, हेमा गुरुङ्क र पेमा पंगेनीलाई प्रोत्साहन स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम २८ जना महिला सेयर सदस्यको सहभागिता रहेको थियो भने हातेमालो बहुउद्देशिय सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द शर्मा वस्यालको अध्यक्षता शिक्षा समिती सदस्य इन्द्रिरा गिरीको संचालन तथा उपाध्यक्ष रुद्ध थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।