ताजा अपडेट »

रुपन्देहीमा ३ लाख बढीका अवैध पटाका बरामद

मंगलबार, ०९ कार्तिक २०७८, १९ : ०५
16 Shares

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३ लाख बढीका अवैध पटाका बरामद गरेको छ । पछिल्लो २ दिनमा जिल्लाका विभिन्न ठाउँबाट कुल ३ लाख ३ हजार ८ सय बराबरका पटाका बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

रुपन्देही प्रहरीले मंगलबार सिद्धार्थनगर नगरपालिका–१ स्थित भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किसिमका करिब ९० हजार बराबरका अवैध पटाका बरामद गरि नष्ट गरेको छ । यस्तै मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका २ झण्डीबजार स्थित भारतबाट अवैध रुपमा ल्याउदै गरेको करिब ६० हजार ५ सय बराबरको विभिन्न किसिमको २६२ प्याकेट पटका बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरी चौकी मर्यादपुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका ३ ऐलिडिया स्थित भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ५० हजार ३ सय बराबरको २ बोरा पटका र १ साईकल नियन्त्रणमा लिई नष्ट गरेको छ । प्रहरी चौकी मैनिहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार रोहिणी गाउँपालिका २ भगवानपुर चोकमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ३६ हजार बराबरको अवैध रातो सानो पटका १४८ प्याकेट, बुलेट पटका ९ प्याकेट र झिरझिरे ४५ प्याकेट फेला पारी बरामद गरी गरिएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनि रुपन्देही र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको संयूक्त प्रहरी टोलीले सोमबार नै लुम्बिनी सास्कृतिक नगरपालिका १३ कालिदह स्थित खुर्सानि पटका ४२० पिस, आलुबम ९पटका० ३५ पिस, रोल क्याप पटका ४ प्याकेट र सलाई पटका एक डब्बा गरी ३५ हजार बराबरको पटका नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार तिलोत्तमा नगरपालिका १५ पत्थरडाँडा बाट भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको पटाका चक्र बम १०२ प्याकेट, लम्बा बुलेट ५ प्याकेट, जुम्नु बुलेट ३ प्याकेट, मिनी फलास बुलेट बम ७ पोका, बोल क्याम्पस ३ प्याकेट र झिरमिरे २ प्याकेट गरी ३२ हजार बराबरको अवैध पटका बरामद गरि नष्ट गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।