ताजा अपडेट »

बढी संक्रमित हुनेमा पत्रकार : महासचिव पुरी

मंगलबार, ०९ कार्तिक २०७८, १८ : ३९

बुटवल । नेपाल पत्रकार महासंघका केन्दीय महासचिव रोशन पुरीले कोरोना महामारीले सञ्चारमाध्यम र सञ्चारकर्मीमा ठूलो क्षति पुर्याएको बताएका छन् । उनले कोरोना संक्रमित हुनेमा पत्रकारको संख्या बढी रहेको बताए ।

मंगलबार चाँदनी नेपालले बुटवलमा आयोजना गरेको कोभिड- १९ : पत्रकार र संचार गृह भन्ने विषयमा भएको छलफल कार्यक्रममा बोल्दै महासचिव पुरीले महासंघका तेह्र हजार ७४ जना सदस्य मध्ये ११ सय ७ जना पत्रकार संक्रमित भएको बताउँदै यो संख्या अत्याधिक भएको बताए ।

उनले पहिलो चरणको कोरोना महामारीले देशभर ६ सय १३ जना र दोश्रो चरणमा २ सय १६ जनाले जागिर गुमाएको बताउँदै १७५ जना श्रमजीवि पत्रकारहरुको महासंघले समस्या समाधान गरिएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।