ताजा अपडेट »

गुल्मी जीप दुर्घटनाः मृतक र घाइतेका परिवारलाई मुसिकोटले गर्यो राहत वितरण

मंगलबार, ०९ कार्तिक २०७८, १३ : १०
18 Shares

गुल्मी । गुल्मीमा केही दिन अघि भएको जिप दुर्घटनाका मृतक र घाइते परिवारलाई मुसिकोट नगरपालिकाले राहत बितरण गरेको छ । असोज २८ गते राती सदरमुकाम तम्घास नजिकै पाचरातेमा जिप दुर्घटना हुँदा मुसिकोट नगरपालिका ३ चुदरिगाउँकी १९ वर्षीया संगिता सुनारको मृत्यु भएको र उनकी आमा सुमित्रा सुनार गम्भीर घाइते भएकोमा मुसिकोट नगरपालिकाले मृतकलाइ २५ हजार र घाइतेलाइ १५ हजार सहित सो परिवारलाई ४० हजार राहत रकम हस्तान्तरण गरेको हो ।

कार्यपालिका सदस्य तथा वडा नम्बर ३ का कार्यबाहक वडाध्यक्ष सरस्वती घिमिरे, कार्यपालिका सदस्य शंकर बहादुर रायमाझी, वडा सचिव दाम बहादुर सोमै र प्राबिधिक सहायक अर्जुन बहादुर थापाले मृतक संगीताका बाबु मानबहादुर सुनारको घरमा आइ हस्तान्तरण गरेका थिए ।
नेकपा एमाले त्यस वडा कमिटी अध्यक्ष दुर्गा बहादुर सुर्यवशी , मृतक संगीतका काका तथा पत्रकार प्रेम सुनार र शिक्षक टेकहरी फुल्देलको रोहवरमा उप्त रकम हस्तान्तरण गरिएको थियो ।

त्यस्तै सोही दुर्घटनामा परि मृत्यु भएका मुसिकोट नगरपालिका २ जलजलेका ७० बर्षिय क्षेत्रबहादुर थापा र सोही टोलकी ४६ बर्षिया राधिका थापा र त्यस दुर्घटनाका अन्य ५ जनालाई पनि मुसिकोट नगरपालिकाले त्यति नै रकम राहत प्रदान गरेको छ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, उप मेयर कमला शर्माले कार्यपालिकाको तर्फबाट मृतकहरु श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रती गहिरो सहानुभूति ब्यक्त गरेको र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको कार्यपालिका सदस्य सर्स्वती घिमिरेले बताइन् ।

त्यस्तै सोही दुर्घटनाका मृतकहरुको परिवारलाइ जनही ५० हजारका दरले गुल्मी यातायात ब्यबसायी संघले किरिया खर्च उपलब्ध गराएको छ । संघका महासचिव हिमाल कुवर , कार्यालय प्रमुख डोल बहादुर कुवरले सो रकम हस्तान्तरण गर्दै बाकी साढे चार लाख बिमा रकम उपलब्ध गराउने प्रक्रिया छिट्टै सुरु गरिने र घाइतेको उपचार खर्च ब्यहोर्ने बताएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।