२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

फोटोसहितको राष्ट्रिय परिचय पत्र बनाउने टोलीको क्यामेरा चोरी

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा फोटोसहितको राष्ट्रिय परिचयपत्र बनाउने टोलीको क्यामेरा नै चोरी भएको छ । गयराती कञ्चन–४ अस्नैयामा अवस्थित रुद्रपुर माध्यमिक विद्यालयमा रहेको परिचयपत्र बनाउने केन्द्रबाट २ वटा डिएसएलआर क्यामेरा चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय रुद्रपुरले दिएको जानकारी अनुसार विद्यालयमा परिचयपत्र बनाउने कोठाको ढोका फोडेर क्यामेरा चोरी भएको छ । विद्यालयमा रहेका चौकिदार हेमलाल राना खाना खानका लागि घरमा गएको मौका पारी ढोका फोडेर चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ । हालको बजार मूल्य अनुसार १ लाख ३० हजार पर्ने २ वटा क्यामेरा चोरि भएपछि अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी गराए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो जातीय दंगामा परी ४८ जनाको ज्यान गयो