ताजा अपडेट »

प्रधानन्यायाधीशले सार्वजनिक गरे आफूबाहेकको पेसी, सुनुवाइ अनिश्चित

मंगलबार, ०९ कार्तिक २०७८, ११ : ३२
6 Shares

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । 

कार्यपालिकामा भाग खोजेकोलगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने इजलासमा पेसी तोकेका छैनन् । असन्तुष्ट १४ जना न्यायाधीशसँग भेट गर्नुअघि उनले मुद्दा सुनुवाइका लागि पेसी तोके पनि सुनुवाइ भने अनिश्चित छ । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आएका १४ जना न्यायाधीश अघोषित इजलास बहिष्कारको अभियानमा छन् । 

प्रधानन्यायाधीशले आठवटा इजलासमा गरी दुई सय १६ मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । सोमबार पनि प्रधानन्यायाधीश जबराले आफूबाहेकका न्यायाधीशका लागि पेसी तोकेका थिए । तर, सुनुवाइ हुन सकेन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।