६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

गुल्मी । गुल्मी कफीको उद्गम स्थल हो । गुल्मीसँग करिब ८० वर्ष पहिलेको इतिहास छ । जहाँ नेपालमै पहिलोपटक तत्कालीन आँपचौर गाविसका स्थानीय हिरा गिरीले म्यानमारबाट ल्याएर कफीको बिरुवा रोपे । आँपचौरका कफी बगैचा तत्कालीन राजा वीरेन्द्रले समेत अवलोकन गरेका थिए । गुल्मीकै कारण नेपालभर कफीको व्यावसायिक खेती विस्तार सुरु भयो । गुल्मीमा कफीको विकास र विस्तारका लागि ०४१ सालमा स्थापना भएको कफी विकास केन्द्र स्थापना भएको छ । 

Advertisement

पछिल्लो समय कफीमा सेतो गवारो र सिंधुरे रोगको प्रकोप देखियो । जिल्लामा व्यावसायिक कफी किसान डुब्न थाले । कफीको उद्गम जिल्लामै कफीको उत्पादन ह्वात्तै घट्यो । किसानले कफीका बोटहरु काटेर अरु खेती गर्न थाले । तर, स्थानीय तहपछि मुसिकोट नगरपालिकाले कफीको क्षेत्रमा थुप्रै काम गरेको छ । जसका कारण किसानहरू उत्साहित भएका छन् ।

कफीको व्यावसायिकता बढाउने उद्देश्यले ‘कफी रोपौ आम्दानी बढाउँ’ अभियान नगरले सुरु गरेको छ । सय बोट कफी रोपे १० हजार अनुदान पाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए । अनुदानसहित कफी किसानलाई सहुलियत कर्जाको व्यावस्था पनि नगरपालिकाले गरेको छ । अनुदान र कर्जाका कारण किसानमा कफी खेतीप्रतिको आकर्षण बढिरहेको भुसालले बताए ।

जिल्लाकै पहिचान कफीसँग जोडिएकाले कफिको संरक्षण र विकासमा मुसिकोट नगरपालिकाले जोड दिएको छ । मेयर सोमनाथ सापकोटका अनुसार कफीको उद्गमस्थल पनि भएकाले नगरलाई कफी हबको रूपमा स्थापित गर्न नगरपालिकामा विभिन्न काम भइरहेका छन् । स्थानीय तहपछि वार्षिक रूपमा ५० हजारका दरले कफीका बिरुवा रोप्ने काम भइरहेको छ । नगरसहित साझेदार संस्थाहरू कफी विकास केन्द्र, कफी सुपर जोन र कृषि ज्ञान केन्द्रहरूमार्फत नगरभित्र कफी बिरुवा रोग्ने गरिएको सापकोटाले बताए । ‘पहाडी जिल्लाको समृद्धिको आधार कृषि पर्यटन हो । स्थानीय तहपछि अनुदान र सहुलियत कर्जाले किसानमा नयाँ ऊर्जा जगाएका छौ,’ उनले भने, ‘मुसिकोटलाई कफीको हब बनाउँछौ ।’

मुसिकोट नगरपालिका-५ आँपचौरसहित नगरका सवै वडामा कफी बिस्तारको काम भइरहेको छ । वडा नम्बर १ र ३ मा विभिन्न युवा तथा कृषि समूहले करिब २५ हजार कफीका बिरुवा रोपेका छन् । वडा कार्यालयको तर्फबाट १२ सय बोट कफीका बिरुवासहितको बगैचा निर्माण गरिएको छ ।

पछिल्लो समय युवाहरूमा समेत कफि खेतीको मोह पलाएको छ । मुसिकोट बाहिरका युवाहरूसमेत आँपचौरमा पुगेर कफीको व्यावसाियक खेती गर्न थालेका छन् । रेसुंगा नगरपालिका-९ का युवा सरोज बेलवासेसहितका तीनजना युवाहरूले वडा कार्यालयको कफी बचैचासहित करिब दुई सय रोपनी जग्गामा कफी खेती बिस्तार गर्न थालेका छन् । भ्रमणको क्रममा आँपचौर बाहिरबाट कफिमा चर्चा गरिए जस्तो नभएपछि पहिचान कायम राख्नकै लागि व्यावसाियक कफी खेतीमा लागेको बेलवासेले बताए ।

कफीको विकास र विस्तारका लागि कफी विकास केन्द्रले लामो समयदेखि कफी बगैंचा तथा नर्सरी व्यवस्थापनलगायतका काम गरिरहेको मुसिकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष भागिरथ खरेलले बताए । गुल्मीको रुरु क्षेत्र गाउँपालिका-४ बलेटक्सारमा नेपालमै पहिलो कफी अनुसन्धान कार्यक्रम ०७१ सालबाट सञ्चालन गरिएको छ । कार्यक्रमले हालसम्म ३९ प्रकारका कफी संकलन गरेर जिल्लामा कफी खेतीको अनुसन्धानको काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए