ताजा अपडेट »

चीनमा फेरि कोभिड बढेपछि बेइजिङ म्याराथुन स्थगित

मंगलबार, ०९ कार्तिक २०७८, ११ : ०२
2 Shares

बेइजिङ । चीनले कोभिड संक्रमण बढेको जनाउँदै बेइजिङ म्याराथुन स्थगित गरेको छ । सरकारका एक वरिष्ठ अधिकारीले चीनमा फेरि कोभिड महामारी फैलिने चेतावनी दिइरहेका बेला सरकारले म्याराथुन स्थगित गरेको हो । 

अहिलेसम्म चीनका ११ प्रान्तमा कोभिड फैलिएको छ । सबै प्रान्तमा गरेर १३३ जनामा संक्रमण देखिएको छ । संक्रमित सबैमा सजिलै सर्ने डेल्टा भेरिअन्ट देखिएको जनाइएको छ । पछिल्लो संक्रमण दर यसै वर्षको अगस्टमा नान्जिङ प्रान्तको महामारीपछिकै ठूलो बताइएको छ ।   सरकारले भाईरसप्रति सरकारको शून्य सहनशीलता रहने बताउँदै आएको छ । 

कति महत्वपूर्ण छ बेइजिङ ओलम्पिक ?
सन् १९८१ देखि वर्षेनी आयोजना गरिने यो ओलम्पिक चीनमा महत्वपूर्ण मानिन्छ । यो ओलम्पिक वर्षेनी तायनामेन स्क्वायरमा सुरु हुन्छ र बेइजिङको ओलम्पिक पार्कस्थित सेलिब्रेसन स्क्वायरमा सम्पन्न हुन्छ । 

अक्टोबर ३१ बाट सुरु हुने सो ओलम्पिकमा करिव ३० हजार मानिसको सहभागीता हुने अनुमान गरिएको थियो । ‘महामारी थप फैलिनबाट रोक्न र धावकको स्वास्थ्य र सुरक्षा गर्न खेल रद्द गरिएको म्याराथुन आयोजकले बताएका छन् ।

अन्य प्रान्त र सहरबाट भ्रमणमा अएका समूहबाट पछिल्लो महामारी फैलिएको जनाइएको छ । महामारी बढेपछि सरकारले यात्रा प्रतिबन्ध लगाउनुका परीक्षणलाई तीब्रता पारेको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।