ताजा अपडेट »

पशु सुत्केरी भत्ता वितरण

सोमबार, १४ माघ २०७५, १० : ४८


माघ १४,

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८मा पशु सुत्केरी भत्ता उपलब्ध गराउनुका साथै विपद् पीडितका परिवारलाई राहत पनि वितरण गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा आइतबार आयोजित कार्यक्रममा वडा कार्यालयले पहिलो पटक पशु सुत्केरी भत्ता वितरण शुरु गरेको हो । व्यावसायिक पशुपालनमा लागेकालाई प्रोत्साहनस्वरुप एक सुस्तेकरी पशुकोे रु ५०० का दरले भत्ता वितरण गरिएको वडाध्यक्ष माधव वलीले बताउनुभो । 
यसैगरी आगोलागीमा परी भवन पूर्ण क्षति भएका गेहेन्द्रबहादुर खत्री र राजकुमार नेपालीलाई जनही रु ३५ हजार, आंशिक भवन क्षति भएका टोपबहादुर वलीलाई रु २० हजार, जपधन बुढामगर,सामान्य क्षतिभएका पहलवीर खड्का र देवबहादुर खड्कालाई जनही रु १५ प्रदान गरिएको थियो । (रासस)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।