ताजा अपडेट »

'प्रेस स्वतन्त्रता र मानवअधिकार गम्भीर संकटमा'

आइतबार, ०५ असोज २०७६, १६ : ३७
12 Shares

जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिले बुटवलमा आयोजना गरेको मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं बर्तमान राजनीति अवस्था विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले प्रेस स्वतन्त्रता र मानवअधिकार गम्भीर संकटमा रहेको बताएका छन । शनिबार बुटवलमा भएको अन्तरक्रियामा बोल्ने अधिकांश बक्ताले संविधानमा लेखिएका कुराहरु सरकारलेनै पालना नगरेको भन्दै असन्तुष्ट व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्य भोजप्रकाश श्रेष्ठले  संविधान कार्यान्वयन भैसकेको वा कार्यान्वयन नभएको बारे छलफल गर्ने समय भैनसकेको भन्दै पत्रकार, नागरिक समाज, बुद्दिजिविहरुले संविधान कार्यान्वयनको भुमिका खेल्नुपर्नेमा जोड दिए । श्रेष्ठले भने “निराशाबाट आशा जागेको छ, हामी देशका विकास र पुर्वाधार निर्माणको तयारीमा छौं ।” सरकार र विद्रोही शक्ति दुबै देश र जनताकै लागि भएकोले हिंसा भन्दा पनि शान्तिपुर्ण वार्ताको माध्यमबाट राजनीतिक निकाश निकाल्नुपर्ने उनले बताए । नेपाली काङ्ग्रेसका नेता तथा पुर्व राज्यमन्त्री अमर पुनले सरकारको रबैयाले जनतालाई विद्रोहको लागि उस्काईरहेको भन्दै असन्तुष्टि जाहेर गरे । उनले  परिवर्तन हुनको लागि कुनै दलबिशेष स्वार्थभन्दा माथी उठ्न जरुरी रहेको भन्दै जनयुद्धमा रोल्पाले ठूलो योगदान गरेपनी परिवर्तनको दियो नबोलेकोप्रती आक्रोश व्यक्त समेत गरेका थिए । यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै जनअधिकार नेपालका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान निकै उत्कृष्ट लेखिएको भएपनी सबै कागजमा मात्र सिमित रहेको बताए ।

कार्यक्रममा उच्च अदालत नेपाल बार एसोसिएसन रुपन्देही अध्यक्ष जोग बहादुर खत्री, बामपंथी बुद्धिजीवी एवम् वरिष्ठ अधिवक्ता दिल साहानी, जनअधिकार अभियान नेपालका उपाध्यक्ष देव बहादुर पौडेल, मानवअधिकार तथा शान्ति समाजका बरिस्ठ उपाध्यक्ष गोविन्द खनाल, नेपाल पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जिसी, बरिस्ठ पत्रकार बालकृष्ण चापागाईं, बामपंथी लेखक एवम् अगुवा बिन बहादुर कुवर, नागरिक समाजका प्रतिनिधि पदम कार्की लगायतले यस्तो बलियो सरकारले मानवअधिकार, प्रेस र अभिव्यक्ती स्वतन्त्रताको रक्षा गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।