ताजा अपडेट »

हरितगृह ग्यास कटौतीलाई सन् २०५० सम्म नेट जिरो पुर्‍याउने अस्ट्रेलियाको लक्ष्य

मंगलबार, ०९ कार्तिक २०७८, ०९ : १९
10 Shares

एजेन्सी । विश्वकै प्रदुषित सहरहरुमध्येको एक अस्ट्रेलियाले हरितगृह ग्यास कटौतीलाई सन् २०५० सम्ममा ‘नेट जिरो’को लक्ष्य हाँसिल गर्ने बताएको छ । हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विस्तृत योजना सार्वजनिक गर्दै प्रधानमन्त्री स्कट मोरिसनले नेट जिरो लक्ष्य हाँसिल गर्ने प्रतिबद्धता जनाएका हुन् । 

उनले सरकारसँग  कार्बन उत्सर्जनलाई न्यून गर्ने लक्ष्य भएको बताए । ‘अस्ट्रेलियाबारे नबुझ्ने अन्य व्यक्तिले हामीलाई लेक्चर दिन आवश्यक पर्दैन,’ एउटा पत्रिकामा लेख लेख्दै उनले भनेका छन् । 

जलबायु परिवर्तनको खराब असर रोक्न विभिन्न देशले विश्वव्यापी बढ्दो तापमानलाई सन् २०५० सम्म १ दशमलब ५ डिग्री सेल्सियस भन्दा कम राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । यसका लागि सन् २०३० सम्म हरितगृह ग्यास उत्सर्जन कटौती ४५ प्रतिशत हुनुपर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् । 

सन् २०१५ मा विश्वका १९७  देशहरूले पृथ्वीको तापमान वृद्धिलाई १.५ सेल्सियसभन्दा न्यून राखेर जलवायु परिवर्तनका खराब असरहरू नियन्त्रण गर्ने सहमति गरेका थिए । त्यसका लागि जतिसक्दो छिटो नेट जिरो हासिल गर्नु पर्ने बताइन्छ ।

के हो नेट जिरो ?

वायुमण्डलमा हरितगृह ग्यासहरूको मात्रा थप हुन नदिनुलाई नेट जिरो भनिन्छ । सो लक्ष्य प्राप्त गर्न हरितगृह ग्यासको उत्सर्जन जतिसक्दो घटाउनु पर्छ । हामीले यातायात, उद्योग तथा कलकारखानामा ग्यास र कोइलाको प्रयोग गर्दा हरितगृह ग्यास उत्सर्जन हुन्छ जसका कारण विश्वव्यापी रूपमा तापमान वृद्धि हुन्छ ।  विज्ञहरुले जति कार्बन उत्सर्जन हुन्छ, त्यति नै घटाउनुपर्ने बताएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।