ताजा अपडेट »

चार वाणिज्य बैंक कारबाहीमा

मंगलबार, ०९ कार्तिक २०७८, ०९ : ०२
2 Shares

काठमाडौ । नेपाल राष्ट्र बैङ्कको निर्देशनविपरीत काम गर्ने ‘क’ वर्गका चार वाणिज्य बैङ्क कारबाहीमा परेका छन्। गत आर्थिक वर्षको चौथो त्रैमासिकमा राष्ट्र बैङ्कको प्रावधानबमोजिम तोकिएको अनिवार्य नगद मौज्दात (सीआरआर)/वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगर्दा नेपाल बङ्गलादेश बैङ्क, हिमालयन बैङ्क र प्रभु बैङ्क जरिवानामा परेका हुन्।

राष्ट्र बैङ्कअन्तर्गत बैङ्क सुपरिवेक्षण विभागले नेपाल बङ्गलादेश बैङ्कलाई ३० हजार ३२४ रुपियाँ २४ पैसा, प्रभु बैङ्कलाई ३५ हजार ६९५ रुपियाँ १२ पैसा र हिमालयन बैङ्कलाई दुुई पटक (१७ हजार १२३ र १२ हजार ८९९) गरी ३० हजार २१ रुपियाँ जरिवाना गरेको सहप्रवक्ता नारायणप्रसाद पोख्रेलले बताए । गोरखापत्रमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।