ताजा अपडेट »

पूर्वी युरोपमा कोभिडबाट २ करोड संक्रमितः खोप नलगाउने र पछुताउनेको जमात बढ्दो

मंगलबार, ०९ कार्तिक २०७८, ०८ : ४२
4 Shares


मस्को । पूवीं यूरोपमा कोभिड संक्रमितको संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ । युरोपेली मुलुकका देशहरुमा खोप दरमा आएको कमीसँगै पूर्वी युरोपमा संक्रमितको संख्या पनि बढेको हो ।

युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी हंगेरीमा खोप लगाउने व्यक्तिको सख्ंया धेरै छ । हंगेरीमा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । त्यस्तै, युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् । युरोपेली देशमा नयाँ संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार ७०० नयाँ संक्रमित भेटिने गरेका छन् । यो संख्या गत वर्ष नोभेम्बरपछिकै ठूलो हो । 

पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभर हुने संक्रमितको २० प्रतिशत संक्रमित यहाँ छन् । पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । यी देशमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालिन निर्देशक माइक रायनले बताए । 

संक्रमणको छाल तीब्र भइरहेका बेला पूर्वी युरोपमा खोप लगाउन अटेरी गर्ने र नलगाएकोमा पछुताउनेको जमात बढेको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा सबैले खोप लगाउनुपर्ने बाध्यता बनाएपछि त्यसको चर्को बिरोध भएको छ । युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा उल्लेख छ । पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् । 

रसियामा हरेक पाँच मिनेटमा १२० जनामा कोरोना पोजेटिभ देखिएको छ । देशको स्वास्थ्य अवस्था लथालिंग भएको स्वास्थ्यमन्त्री मिखाईल मुरासकोले बताएका छन् । रसियामा चौथो दिन बुधबार लगातार सर्बाधिक धेरै संख्यामा संक्रमित भेटिएका थिए । रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।