ताजा अपडेट »

अरिङ्गालको टोकाइबाट बालकको ज्यान गयो

आइतबार, ०५ असोज २०७६, १६ : २६
2 Shares

असोज ५,
गुल्मी । गुल्मीमा अरिङगालले टोकेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका– १ रिडी निवासी १२ वर्षका पवन अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए । आज आईतबार विद्यालय गएका बालक घरमा फर्किने क्रममा बाटोमा रहेको अरिङ्गाल बादरले हल्लाउदा बालकलाई टोकेको थियो । अरिङ्गालको टोकाईबाट घाइते भएका बालकको उपचारको लागि पाल्पा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीमै खोलाले बगाएर धुर्कोट गाउँपालिका वडा नम्बर–२ पिलधारा निवासी ६४ वर्षिय भिम बहादुर कुँवरको ज्यान गएको छ । स्थानीय पानाहा खोला तर्नेक्रममा बगाउँदा शनिबार कुँवरको मृत्यु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।