५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

महाधिवेशन टार्ने दाउमा देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। पार्टी विधान र संविधानअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्न असफल उनी अझै केही समय महाधिवेशन सार्ने र टार्ने रणनीतिमा पुगेका हुन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर सभापति देउवा आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा जुटेका हुन्।

Advertisement

निर्वाचन आयोगले सोमबार चैत पहिलो साता स्थानीय निर्वाचन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई सुझाएको छ। त्यतिमात्र होइन, फागुन २० बाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ। 

माघ पहिलो साता उक्त पदका लागि निर्वाचन गर्ने सरकार र निर्वाचन आयोगको तयारी छ। सभापति देउवा स्थानीय निर्वाचनभन्दा पहिला आमनिर्वाचन (प्रतिनिधिसभा) गराउने पक्षमा छन्। अर्को मंसिरमा गर्नुपर्ने निर्वाचन आगामी वैशाख–जेठमै तान्ने र त्यसपछि मात्र स्थानीय तहको निर्वाचन गराउने दाउमा रहेका देउवा विभिन्न तहका निर्वाचनलाई देखाएर पार्टीको १४औं महाधिवेशन पर सार्ने रणनीतिमा जुटेका छन्।

चौथोपटक तोकिएको महाधिवेशनको मिति (मंसिर ९ देखि १३) आउन एक महिनामात्र बाँकी छ। तर त्यसका लागि गर्नुपर्ने कुनै तयारी अघि बढेको छैन। उक्त मितिमा पनि कांग्रेस महाधिवेशन नहुने लगभग निश्चित भइसकेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्

Flash News

यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु