ताजा अपडेट »

आइपिएलमा थपिए दुई फ़्रेन्चाइजी, कसले कतिमा किन्यो ?

मंगलबार, ०९ कार्तिक २०७८, ०७ : ००
4 Shares

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दुई टिम थपिएका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्डले २०२२ को आइपिएलका लागि लखनउ र अहमदावादका लागि मोटो रकममा दुई टिम थपेको छ । अब आइपिएलमा टिमको संख्या १० बनेको छ ।

सोमबार दुबईमा भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दुई नयाँ टिमको घोषणा गरेको हो ।आइपिएल टिमका लागि २२ टिमले निवेदन दिएको बताइएको छ । जसमा लखनउ र अहमदावादलाई छानिएको हो ।

लखनउलाई गोयनका ग्रुपले ७०९० करोडमा किनेको छ । गोयनका ग्रुपले यस अघि २०१६ र २०१७ मा पुने जाइन्ट फ़्रेन्चाइजीमा लगानी गरेको थियो । त्यस्तै सिविसी क्यापिटल्स पार्टनर्सले अहमदावाद फ़्रेन्चाइजीलाई ५६२५ करोडमा किनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बोर्डले नयाँ टिमका लागि न्युनतम मुल्य २००० करोड भारतीय रुपैयाँ तोकेको थियो ।

अब लखनउको घरेलु मैदान इकाना स्टेडियम हुने भएको छ भने अहमदावादको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम हुने भएको छ ।अब दुई टिम थपिए पछि आगामी डिसेम्बरमा आइपिएलको मेघा अक्सन हुने तयारी भएको छ ।नयाँ टिमका लागि भारतका साथै म्यान्चेस्टर युनाइटेका मालिक ग्लेजर फ्यामिलीले पनि लखनउका लागि बिडमा भाग लिएका थिए ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।