ताजा अपडेट »

रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किएर गल्ति त गरेनन् ?

मंगलबार, ०९ कार्तिक २०७८, ०६ : ५७
2 Shares

काठमाडौँ । जब क्रिस्टियानो रोनाल्डोले युभेन्टस छोड्ने निर्णय गरेर आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किए पनि ओल्ड टाफोर्डको अवस्थालाई खासै परिवर्तन गर्न सकेका छैनन् ।

अहिले युनाइटेडको अवस्था रोनाल्डोको आगमनपछि पनि खासै परिवर्तन भएको देखिएको छैन । पछिल्ला सात खेलमा म्यानचेस्टर युनाइटेडले केबल २ खेलमा जित हासिल गरेको छ । प्रिमियर लिगमा युनाइटेड सातौं स्थानमा झरेको छ ।म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको आफ्नो समुह एफ मा भने शिर्ष स्थानमा रहेको छ । योंग ब्वायजसँग पराजित भएको युनाइटेडले भिल्ला रियल र एटलान्टामाथि जित हासिल गरेको थियो ।

त्यस्तै युनाइटेडले कारबाओ कपमा पनि कमजोर प्रदर्शन गर्दै वेस्टह्यामसँग १-० ले पराजित भएर बाहिरिएको थियो । त्यस्तै आइतबार लिभरपुलसँग ५-० हारसँगै त्योभन्दा कमजोर प्रदर्शन गरेको छ । यस प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले सोल्स्करमाथि पनि दबाब बढेको छ ।

यस अवस्थामा रोनाल्डोको प्रदर्शनको विश्लेषण गर्दा उनको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रहेको छ । उनले युनाइटेडका लागि सबै प्रतियोगितामा ९ खेलमा ६ गोल गरेर युनाइटेडमा कमब्याकको शानदार शुरुवात गरेका छन् ।न्युक्यासलविरुद्ध डेभ्यु गरेका रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपनि उनलाई अन्य खेलाडीको साथ नमिलेको कारण युनाइटेडको प्रदर्शन कमजोर भएको प्रष्ट देखिन्छ ।

एउटा खेलाडीले हरेक खेल जिताउन र हरेक खेलमा एउटा खेलाडीमा भरपर्दा युनाइटेड अहिले मुश्किल अवस्थामा पुगेको विश्लेषण गर्न सकिन्छ । ब्रुनो फेर्नानडेज, ह्यारी म्याग्युरे, पाउल पोग्वा, जोर्डन सान्चो जस्ता खेलाडीले आफ्नो क्षमता अनुसारको प्रदर्शन नगर्दा पनि रोनाल्डोमाथि दबाब बढेको छ ।

रोनाल्डो युनाइटेडमा फर्किएर क्लबप्रति सबैको ध्यान त केन्द्रित गर्न सफल भए तर त्यसअनुरुपको परिणाम नआउदा अहिले रोनाल्डो युनाइटेड आएर गल्ति त गरेनन् भन्ने विश्लेषण भइरहेको छ ।अब यहाँबाट म्यानचेस्टर युनाइटेड अगाडी बढ्न रोनाल्डोलाई अन्य खेलाडीले साथ दिएर खेल्नु पर्ने देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।