ताजा अपडेट »

टर्कीको राजदूत निष्कासन गर्ने धम्कीबाट जर्मनी चिन्तित

मंगलबार, ०९ कार्तिक २०७८, ०६ : ५३
2 Shares

बर्लिन । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले अंकाराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले सोमबार चिन्ता व्यक्त गरेको छ ।जर्मन सरकारका प्रवक्ता स्टेफेन सेइबर्टले पत्रकारहरुसँगको कुराकानीमा टर्कीका राष्ट्रपतिले गरेको टिप्पणीबाट आफूहरू चिन्तित र अन्योलमा रहेको बताएका छन् । 

उनले भने- यद्यपि टर्की पक्षबाट कुनै औपचारिक सूचना आएको छैन। हामी धम्कीबाट प्रभावित अन्य देशहररूसँग नजिकको परामर्शमा छौं ।

यसअघि आइतबार राष्ट्रपति तैयप एर्डोगानले देशको घरेलु मामिलामा हस्तक्षेप गरेको आरोप लगाउदै शनिबार अमेरिकीसहित फ्रान्स, जर्मनी, डेनमार्क, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, फिनल्याण्ड र न्यूजील्याण्डका राजदुतलाई देश छोड्ने आदेश दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।