६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

एक लाख अनुदान

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान दिने निर्णय गरेको छ । जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । ऋषिङ फर्क अभियानअन्तर्गत जग्गाविहीन स्थानीयवासीलाई आवास निर्माणका लागि उक्त रकम अनुदान दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । गत असार र साउन महिनामा परेको अविरल वर्षाका कारण बाढीपहिराका कारण बस्ती स्थानान्तरणमा क्षति भएका परिवारलाई आवश्यकता हेरी आवास निर्माणका लागि रु ६० हजारसम्म अनुदान दिने निर्णय गरेको छ ।

उक्त बैठकले विद्यालयका इसिडी सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको न्यूनतम तलबमापन गर्ने शिक्षा समितिको प्रस्ताव सर्वसम्मत पारित गर्ने तथा सङ्घीय सरकारले व्यवस्था गरेअनुरुप न्यूनतम तलबमापन गर्ने निर्णय गरेको छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे