७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

मरेको माहुरी दूधमा घोलेर बेच्छन्

सुनसरी । सुनसरीका दुई मिठाई पसलमा अखाद्य वस्तु फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, खाद्य प्रविधि तथा डिभिजन कार्यालय सुनसरी र इटहरी उपमहानगरको संयुक्त अनुगमन टोलीले दूषित मिठाई बनाउँदै गरेको, पकाउने स्थानमा फोहोर तथा दुर्गन्ध फैलिएको फेला पारेको हो ।

Advertisement

इटहरीको पूर्व लाइनमा रहेको विष्णु मिष्ठान्न भण्डार र इटहरी चोक नजिकै रहेको न्यु नटराज स्विट्स चार्ट हाउसमा आलु, कोपी भुइँमा राखेको, दूधबाट बन्ने परिकारमा मरेको माहुरीसमेत फेला परेको, दुर्गन्धित फोहोर बाहिर नफ्याँकेको पाइएको हो । अनुगमनका क्रममा उक्त अवस्था भेटेपछि विष्णु मिष्ठान्न भण्डारबाट रसबरी, दूध, पेडालगायतका २० किलो अखाद्य वस्तु नष्ट गरिएको छ ।

उक्त भण्डारलाई नगद २० हजार रुपैयाँ जरिमाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

उनले भने, ‘हामीले दैनिक खाने वस्तुमा अति नै लापरबाही तथा उपभोक्ताप्रति गम्भीर नदेखिएपछि केही सामान तुरुन्त फ्याँक्नसमेत लगाएका छौँ ।’

ग्राहकलाई खानेकुरा देखाउँदा राम्रो देखाउने तर पकाउने भान्सा कोठा भने दुवै पसलमा अत्यन्त कमजोर रहेको पोखरेलले बताए । पहिलो पटक भएर थोरै जरिमाना गरिएको बताउँदै फेरि आउँदा सुधार नभए कडा कारबाही गर्ने उनको भनाइ छ ।

त्यस्तै, इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरको भान्सामा पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा साँघुरो कोठामा पकाउने र प्याकिङ गर्ने गरेको पाइएको छ । उक्त स्टोरलाई पकाउने र प्याकिङ गर्ने स्थान फरक फरक राख्न सुझाव दिइएको पोखरेलले बताए । स्टोरको नाममा भान्सा चलाउन ऐन, कानुनमा उल्लेख नभएकाले भान्सालाई फरक कम्पनी दर्ता गरेर संचालन गर्नसमेत भनिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले