७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

साइकलमैत्री सहर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । वीरेन्द्रनगरलाई साइकलमैत्री सहर बनाउनका लागि २०७६ साउनमा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० वटा साइकल खरिद गरिएको थियो । 

Advertisement

साइकल मुख्यमन्त्री कार्यालयका कर्मचारीको प्रयोगका लागि खरिद गरिएको थियो । वातावरण मैत्री सहरको पहिचान दिने उद्देश्यसँगै इन्धन खपत कम गर्न कर्मचारीले कार्यालय आउजाउ गर्न साइकल चढ्ने निर्णयका साथ साइकल मैत्री अभियान थालिएको थियो । यद्यपि उक्त अभियानले सार्थकता भने पाएको छैन । 

अभियानको थालनी मुख्यमन्त्री कार्यालयबाट सुरु गरी सबै मन्त्रालयमा कार्यरत कर्मचारीलाई साइकल बाँड्ने योजना थियो । तर, यो योजना अहिले अलपत्र अवस्थामा रहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरलाई साइकलमैत्री सहरका रूपमा विकास गर्ने घोषणासमेत गर्‍यो ।

सोही आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको छ, ‘प्रदेश राजधानी सहरलाई धुलो धुवाँमुक्त गरी वातावरणमैत्री बनाउन र इन्धन खपत न्यूनीकरणका लागि सुलभ र सहज विद्युतीय सार्वजनिक यातायात, सुब्बाकुना–बाँङ्गेसिमलसम्म साइकल मार्ग र वीरेन्द्रनगर क्षेत्रमा अपाङ्गमैत्री तथा साइकलमैत्री सडक बनाइनेछ । कार्यालय आवतजावत गर्नका लागि साइकललाई प्रोत्साहन गरिनेछ ।’

तर, पनि प्रदेश सरकारले दुई वर्षअघि ल्याएको साइकलमैत्री सहर निर्माणको महत्वकांक्षी योजनाको काम अहिलेसम्म सुरुवात नै हुन सकेको छैन । त्यो बेला खरिद गरिएका साइकलसमेत अहिले प्रयोग हुन छाडेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त अभियानले सार्थकता पाउन नसकेको स्वीकार गरेको छ । कार्यालयका उपसचिव केशव प्रसाद उपाध्यायले केही साइकल प्रयोग भएको तर योजनालाई लक्ष्यअनुसार अघि बढाउन नसकिएको बताए ।

मोटरसाइकल खरिद गर्ने बजेटले एकमुष्ट रूपमा साढे चार लाखमा १० वटा साइकल खरिद गरिएको थियो । ‘म आफै पनि साइकल चढ्छु,’ उनले भने, ‘अरू साथीहरूले पनि साइकल प्रयोग गरिरहनुभएको छ । साइकल प्रयोगले गर्दा मानसिक र शारीरिक स्वास्थ्य पनि स्वास्थ्य र साइकल प्रवर्द्धनमा पनि टेवा पुगेको छ ।’ 

आर्थिक वर्ष २०७६/०७७ मा साइकल मार्गका लागि भनेर विनियोजित बजेट कार्यान्वयन नभएरै फ्रिज भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले स्वीकार गरेको छ ।

सुब्बाकुना–बाङ्गेसिमल सडक साइकल मार्ग बनाउने भनिएको संघअन्तर्गत पर्ने भएकाले कार्यान्वयनमा जान नसकेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अधिकृत भीम बहादुर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो