May 23, 2022
गुल्मी । दशैंपछि कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेहरुको चाप बढेको छ । दशैंको बेला बन्द रहेका कार्यालयहरु खुलेसँगै कार्यालयहरुमा सेवाग्रहीको चाप सुरु भएको हो ।
अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिकता र राहदानी (एमआरपी) बनाउनेहरुको चाप बढने गर्दछ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी (एमआरपी) लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा बढी चाप हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिता २० जना भन्दा बढीले प्रतिलिपी लिने गर्दछन् । तर दशैंपछि कार्यालय खुलेपछि सोमबार मात्रै १३२ जनाले नयाँ नागरिता लिएको जिल्ला प्रशासन कार्याल्य गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । पन्थीका अनुसार सोमबार मात्रै नागरिताको प्रतिलिपि ६५ जनाले, नावालक परिचयपत्र ४ जनाले, राहदानी सामान्य तथा द्रुत सिफारिस ११२ जनाले, जनजाति/दलित प्रमाणीत १९ जनाको, राष्ट्रिय परिचयपत्र दर्ता १०१ जनाको र राहदानी बितरण ५० जनाको गरिएको थियो । यो सेवा जिल्ला प्रशासनकै नौलो रेकर्ड हो ।
प्रशासनमा आइतबार मात्रै नयाँ नागरिता ११३ जनाले, प्रतिलिपि ६६ जनाले, नावालक परिचयपत्र ८ जनाले, राहदानी सामान्य र द्रुत सिफारिस १४२ जनाले, राष्ट्रिय परिचयपत्र दर्ता ११५ जनाले, राहदानी बितरण ७६ जनालाई गरिएको पन्थीले बताए । गुल्मी जिल्लामा जती नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ ।
नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढदै जाँदा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावित पारिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयमा दुईजना प्रशासकीय अधिकृत हुने व्यवस्था भएपनि एकजना मात्रै हुँदा समस्या भएको छ ।
यसभन्दा पहिले सेवाग्राहीको भिड हुँदा कारागार कार्यालयबाट कर्मचारी ल्याई काम गरेपनि अहिले कारागारमा पनि कर्मचारी छैनन् । जसले गर्दा सेवाप्रवाहमा समस्या परेको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सेवामा प्रशासनका जनशक्तिको अधिकतम प्रयोग गरेको प्रतिक्रिया दिए । कर्मचारीको अभाव हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
दशैंको समयमा घर आएकाहरु नयाँ नागरिकता बनाउन आउनु र प्रशासनमा कर्मचारीको अभाव हुनुले नागरिकता बनाउन सेवाग्राहीले सास्ती खेप्नुपरेको हो । प्रशासनमा दसैं र तिहारको समयमा सेवाग्राहीको प्राय भिड हुने गर्दछ । जिल्लामा दसैँअगाडीबाट नै धेरैथोरै भिड भएपनि बिहीबारबाट सेवाग्राहीको अत्याधिक भिड देखिएको हो ।
प्रतिकृया दिनुहोस्