ताजा अपडेट »

गठबन्धनसँग विदेशी हस्तक्षेप परास्त गर्ने साहस छ : प्रदेश प्रमुख अमिक शेरचन

सोमबार, ०८ कार्तिक २०७८, २० : ०५
2 Shares

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शक्ति राष्ट्रहरू अहिलेको गठबन्धन भत्काउनेतर्फ लागेको बताएका छन् । चितवनको भरतपुरस्थित आफ्नै निवासमा नेकपा (माओवादी केन्द्र) भरतपुर- २६ दिव्यनगरले गरेको सम्मान कार्यक्रममा शेरचनले शक्ति राष्ट्रहरूको दबाब अस्वीकार गर्ने आँट गठबन्धनसँग भएको बताए ।

'विदेशी शक्तिहरूमार्फत नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि ठूलो चुनौती देखिएको छ ।' उनले भने, 'राष्ट्रिय रूपमा अप्ठ्यारो परिवेश भए पनि यो गठबन्धनले लोकतन्त्र, गणतन्त्र बचाउन अहिलेको विदेशी हस्तक्षेपलाई परास्त गर्ने विश्वास मैले लिएको छु ।'

उनले पछिल्लो समय बुझिनबुझि संघीयताका विरोधी र राजतन्त्रका पक्षमा भएका टीका टिप्पणी समेत अर्थहीन भएको बताए । उनले भने, 'दास व्यवस्थातर्फ हैन, वैज्ञानिक र उत्कृष्ट समाज विकासमा छलफल गर्न सकिन्छ । तर यसको विरोध आवश्यक छैन ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।