ताजा अपडेट »

इरानसँग नेपाल ४-० ले पराजित

सोमबार, ०८ कार्तिक २०७८, १८ : ५०
2 Shares

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको खेलमा नेपाल बलियो इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो । 

पहिलो हाफमा इरानलाई रोकेको नेपालले दोस्रो हाफमा भने कमजोर प्रदर्शन गर्‍यो । फिफा वरीयतामा एसियाको शीर्षस्थानमा रहेको इरानले दोस्रो हाफमा ४७, ७७, ७९ र थपिएको तीन मिनेटमा लगातार गोल गर्‍यो । 

इरानको जीतमा हुसेनले २ गोल गरे । यस्तै, मेहदी र यासिनले १-१ गोल गरेका थिए । हुसेनले खेलको ७७ र ७९ मिनेटमा गोल गरे भने मेहदीले खेलको ४७ मिनेटमा गोल गर्दा यासिनको नाममा अन्तिम गोल रह्यो । 

बलियो इरानविरुद्ध नेपालले सुरुवाती क्षणबाट नै रक्षात्मक खेल खेलेको थियो । 

यसअघि पामिर स्टेडियममा पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो खेल बराबरीमा सकिएको थियो । नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी मौका दिएका थिए । 

प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीलाई सम्हाल्ने जिम्मा दिएका थिए । 

अब, नेपालले आफ्नो दोस्रो खेलमा ११ गते ताजकिस्तानसँग खेल्नेछ । फिफा वरीयतामा ताजकिस्तान ११८औँ स्थानमा रहेको छ । यस्तै, तेस्रो तथा अन्तिम खेलमा नेपालले लेवनानसँग १४ कात्तिकमा खेल्नेछ । 

समूह विजेता फाइनल चरणमा छनोट हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।