४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

भारतीय साइकल यात्री

नेपालगञ्ज । नेपाल-भारतबीच जनस्तरबाट भ्रातृत्वको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य बोकेर भरतीय साइकल यात्री रामप्रसाद नस्कर नेपालगञ्ज आइपुगेका छन् । आइतबार नेपालगञ्ज आइपुगेका उनी २६ दिन अघि भारतको कलकत्ताबाट साइकल यात्रामा निस्केका हुन् । 

Advertisement

गत ३० सेप्टेम्बर २०२१ मा भारतको वेस्टबंगाल कलकत्तास्थित शुभाषग्रामबाट नेपाल यात्रा सुरु गरेका उनी पेसाले भूगाेलका  शिक्षक हुन् । कोरोनाको कारण आह्वान गरिएको लकडाउनले गर्दा विद्यालय बन्द भएपछि समयको सदुपयोग गर्दै जनस्तरबाट भ्रातृत्वको सन्देश लिएर पूर्वी नेपालको काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेको उनी बताउँछन् । काँकडभिट्टा प्रवेश गरेकाे २६ दिनमा उनी नेपालगञ्ज आइपुगेका हुन् । 

‘भ्रातृत्वको सम्बन्ध स्थापनाको लागि र नेपालको भौगोलिक अवस्थाबारेमा अध्ययन गर्न साइकलमै नेपाल आएको हुँ’, उनले भने ।  उनी सामान्य साइकलमा आफ्नो एकसरो सामान बोकेर यात्रामा निस्केका छन् । 

साइकलको अगाडि ह्याण्डिलमा नेपाल र भारतको झण्डा राखेका उनले भूगोल पढाउँदै गर्दा उनलाई नेपाल वरपरको भौगोलिक अवस्थाबारे जान्न मन लागेपछि आफूले यो यात्रा सुरु गरेको उनले बताए । उनी पूर्वबाट नेपाल प्रवेश गरी महाकालीसम्म पुगेर महेन्द्रनगरेको गड्डाचौकी हुँदै भारत प्रवेश गर्ने योजना रहेको बताए ।

उनी नेपालका सातवटै प्रदेशको राजधानी तथा प्रमुख शहरमा पुग्ने उद्देश्यअनुरुप विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, काठमाडाैँ, मुग्लिन, पोखरा, नारायणघाट, बुटवल, भालुवाङ हुँदै कोहलपुर, नेपालगञ्ज आइपुगेको बताउँछन् ।

नेपाल प्रवेश गर्दा काँकडभिट्टाको सीमामा केही दु:ख पाए पनि यात्रा सुखद भएको उनी बताउँछन् । दिनभरी साइकलमा यात्रा गर्ने उनी साँझ परेपछि पाटी पौवा तथा सार्वजनिक स्थलमा आश्रय लिने गरेको बताए । बदलिँदो भौगोलिक परिवेशबारे चिन्ता व्यक्त गर्दै व्यक्ति र वातावरण दुवैका लागि साइकल पर्यावरणमैत्री भएकोले साइकल यात्राको प्रवर्द्धन गर्नु पनि पनि आफूले साइकल यात्रा सुरु गरेको बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

२२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि रुपन्देहीमा यु-१४ क्रिकेट लिग सुरु : उद्घाटनमा भैरहवा र सैनामैना विजयी बुटवल–६ मा नेपाली कांग्रेसको प्यानल विजयी विजय जुलुसमा सहभागी गाडी पल्टियो