२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवलको मुख्य बजार

बुटवल । बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र वडा नम्बर ५ का विभिन्न ठाउँमा नालि निर्माण तथा नागरिक मिलन केन्द्रको स्थापना भइरहेका छन् । सोमबार नगर प्रमुख शिवराज सुवेदीले नमूना टोलमा ज्येष्ठ नागरिक मिलन केन्द्र, स्वास्थ्य चौकी र शितलादेवी मन्दिरको एकसाथ शिलान्यास गरेका छन् । मोटरेवल सडकसँगै जोडिएको क्षेत्रमा टोलहरुको केन्द्रमा पारेर ज्येष्ठ नागरिक मिलनकेन्द्र र स्वास्थ्य चौकी शिलान्यास गरिएको हो । करिब २२ लाख लागतमा सार्वजनिक जग्गा संरक्षण हुनेगरी मिलनकेन्द्र तथा स्वास्थ्य चौकी बनाउन लागिएको सुवेदीले बताए ।

Advertisement

बुटवलकी उपप्रमुख तथा अनुगमन समितिका संयोजक गुमादेवी आचार्यले व्यस्त बजार क्षेत्रमा ज्येष्ठ नागरिक मिलनकेन्द्र, स्वास्थ्य चौकी तथा समुदायका आस्था अनुसारका धार्मिक संरचनाको विकास गरिएको बताइन् । उनले फुटपाथको उचित प्रवन्ध मिलाउँदै पैदल यात्रीलाई सुविस्ता दिनेगरि सडक निर्माणमा उपमहानगरले जोड दिएको उल्लेख गरिन् ।

वडा नम्बर ५ को काठेपूलदेखि नेपालगञ्ज रोडमा जोड्ने गरि नाली माथि करिब दुई सय मिटर लामो नालीमा व्यवस्थित सडक निर्माण, नेपालगञ्ज रोडमा सार्वजनिक शौचालय निर्माण, राधाकृष्ण टोलमा तार तथा फोहोर व्यवस्थापन लगायतका काम भइरहेको उनले बताइन् ।

गोलपार्क, हाटबजार, अमरपथ क्षेत्रबाट नाली र ढल बगेर आउने, निकाश नभएको टोललाई नमुना बजार टोल बनाउनेगरि काम भइरहेको छ । सोही वडामा बन्न लागेको शितलामाई मन्दिरलाई पनि धार्मिक आस्थाको केन्द्रका रुपमा निर्माण गर्न लागेको र करिब पाँच लाख बजेट विनियोजन भएको वडा अध्यक्ष तेजप्रसाद विश्वकर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै